Nepali Unicode | Preeti to Unicode

२७ पुस। चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले बताए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय