Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

पौष २७। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अन्तरिम विधान संशोधन गरी केन्द्रीय कमिटीको सङ्ख्या १५०१ पुर्‍याएको बताएका छन् । नेकपा एकता हुँदा ४४१ सदस्यीय कमिटीको थियो । त्यसमा चारजना पछि थपिएका थिए । तीनजनाको मृत्यु भएको थियो । आठजना राजकीय जिम्मेवारीमा छन् ।
पुस ५ गते विभाजन भएपछि अन्तरिम विधान संशोधन गर्दै केन्द्रीय कमिटीको आकार १५०१ सदस्यीय पुर्‍याएको ओलीले अन्तरपार्टी निर्देशनमार्फत भनेका छन् ।
तेस्रो केन्द्रीय कमिटी बैठक ९पुस ७(९०को निर्र्णय सर्कुलर गर्दै रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको बताइएको छ । पुस ९ गते सकिएको बैठकले केन्द्रीय कमिटी सदस्यको सङ्ख्या १ हजार १ सय ९९ सदस्यीय पुर्‍याउने निर्णय गरेको जानकारी गराइएको थियो । अपानि जारी गर्दा केन्द्रीय कमिटीको आकार अझै बढाइएको हो ।
“अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकार उहाँले एकीकरणका बाँकी काम सम्पन्न गर्ने दायित्व पूरा गर्न नसकेको, पार्टीको एकता महाधिवेशनको तयारीका काम अगाडि बढाउन नसकेको तथा पार्टी एकतालाई सुदृढ गर्नुभन्दा विभाजनकारी गतिविधिलाई प्रश्रय दिएको हुनाले फिर्ता गरिएको छ । पार्टी अध्यक्षका सबै कार्यकारी अधिकार अब प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीमा निहित रहनेछन्,” पुस २२ को मितिमा जारी गरिएको अपानिमा भनिएको छ ।
केन्द्रमा प्रधानमन्त्रीलाई घेराबन्दी गर्दै काममा अवरोध खडा गर्ने पार्टी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले कतिपय प्रदेशमा मुख्यमन्त्रीहरूका विरुद्ध अविश्वास प्रस्ताव राखेको बताउँदै यस्ता क्रियाकलापहरूले नवस्थापित सङ्घीय प्रणालीप्रति जनताको विश्वास टुटाउने ओलीले औंल्याएका छन् ।
संघीयताविरोधी पक्षहरूलाई उत्साहित गर्न सहयोग पुर्‍याउने यस्ता गलत क्रियाकलापहरूको विरोध गर्न उनले पार्टी पंक्तिलाई भनेका छन् ।
“प्रदेशहरूको विशिष्ट परिस्थितिअनुरूप प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसँग आवश्यकताअनुसार समन्वय, परामर्श र सहयोग आदान(प्रदान गर्ने । आवश्यकताअनुसार पार्टी केन्द्रमा परामर्श लिने,” उनले निर्देशनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय