Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

पौष २६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारबाही र सचेतना गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ ।
उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्र गति नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले परिचालन गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सीसीटीभी क्यामेराले २०० मिटरसम्मको दृश्यलाइ कैद गर्न सक्ने जानकारी दिए । पिक आवरमा सवारी चाप जाम हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए ।
भ्यानमा खटिने पाँच ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडक गतिविधिलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गर्ने र आमचालकहरुलाई प्रमाणसहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुने अपेक्षा रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय