Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

२६, पुस । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय केयूसँग शुक्रबार समझदारी गरेको छ ।
निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा।डम्बरबहादुर नेपालीबीच आपसी सहयोगलागि सम्झौता भएको निगमका प्रवक्ता विनित मणि उपाध्ययले बताए । समझदारीले बिजुलीमार्फत हाइड्रोजन उत्पादन गर्ने नीति, उत्पादन, भण्डारण र वितरण केन्द्र स्थापना जस्ता विषयमा विश्व विद्यालयसँग दुई वर्ष प्राविधिक सहयोग निगमले लिनेछ ।
नेपालमा हाइड्रोजन इन्धन विकासबारे यो पहिलो प्रयास भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले दाबी गरे । नेपालमा हाइड्रोजन इन्धन उत्पादन सुरु भए बढ्दो बिजुली उत्पादन खेर जाने चिन्ता हट्नुका साथै भारतबाट आयात भइरहेको पेट्रोल, डिजेल र ग्यासलाई प्रतिस्थापन गर्न सहज हुने पौडेलले बताए । हाइड्रोजन इन्धन रासायनिक मल र औषधि उद्योगका लागि पनि उपयोग हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय