
पौष २६ । सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ । एकै दिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँ थियो ।
तेजाबी सुनको भाउ पनि तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले झरेर १२ सय ७० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।