Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

पौष २६। देशव्यापीरुपमा ठूलो ‘पावर कट’ भएपछि पाकिस्तान शनिबार मध्यरातदेखि अन्धकारमय बनेको छ । खबरका अनुसार अहिले केही क्षेत्रहरुमा बिजुली विस्तारै पुनः सुचारु गरिएको छ ।
यस्तोमा सरकारी अधिकारीहरुले सबैलाई शान्त रहन अनुरोध गरेका छन् । तर, पूर्णरुपमा बिजुली आउन धेरै घण्टा लाग्न सक्ने चेतावनी दिएका छन् ।
बत्ती जानु पाकिस्तानमा नयाँ कुरा भने होइन । प्रायः अस्पतालहरुले यसैका कारण ‘ब्याक अप’स्वरुप डिजेलबाट चल्ने जेनेरेटर राख्ने गरेका छन् ।
यसबारे पाकिस्तानका ऊर्जामन्त्री ओमार आयुब खानले ट्वीटरमार्फत् आइतबार बिहान लेखेका छन्, “पावर ट्रान्समिसन प्रणालीमा समस्या आएका कारण देशव्यापीरुपमा बत्ती गएको हो ।”
इस्लामावाद, लाहोर, कराचीसहित सबै प्रमुख सहरहरु यसबाट प्रभावित भएको बताइएको छ । यसको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको पनि खानले बताए ।
यस किसिमका घटनाका कारण विगतमा पनि मानिसहरु सडकमा प्रदर्शन गर्न बाध्य बनेका थिए । सन् २०१३ मा पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्तमा एक प्राविधिक समस्या आएपछि राष्ट्रियस्तरमै बिजुलीको नेटवर्क पूर्णरुपमा काम नगर्ने भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय