Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२५ पुस । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो ।
आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही पनि दुई नम्बर हुनुहुन्न । दुवै एक नम्बर हुनुहुन्छ’, पाण्डेले भने ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’कै प्रस्तावमा नेपाल पहिलो र प्रचण्ड दोस्रो बरियतामा रहेर बैठक बसेको थियो । तर, अर्को बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन् र उनी नै पहिलो बरियतामा हुनेछन् । ‘आलोपालो अध्यक्ष भनेका छौं, त्यसको प्रारम्भ आठौं स्थायी कमिटी बैठकबाटै गरिसकेका छौं । त्यसैअनुसार, कमरेड माधव नेपालले अध्यक्षता गर्नुभयो । अर्को बैठकको अध्यक्षता अध्यक्ष कमरेड प्रचण्डले गर्नुहुन्छ । यसैगरी आलोपालो हुन्छ’, पाण्डेले भने ।
पार्टी एकीकरणपछि आलोपालो अध्यक्ष भने पनि केपी शर्मा ओलीले प्रचण्डलाई सचिवालयको हैसियतमा झार्ने प्रयास गर्दा अहिलेको समस्या आउनु भूमिका खेलेकाले त्यसलाई सच्याएर जाने पाण्डेले बताए । ‘बिगतमा बराबरी अध्यक्ष भन्ने, तर बैठकमा अर्को अध्यक्ष प्रचण्डलाई सचिवालय सदस्यको हैसियतमा झार्न खोज्ने जुन खालको रवैया रह्यो । त्यसले अन्तरविरोध सिर्जना गर्न धेरथोर भूमिका खेल्यो । त्यसबाट हामी सचेत छौं’, उनले भने ।
नेकपा विधानको धारा १८ ९छ० ले आगामी एकता महाधिवेशनसम्मका लागि दुई अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र अध्यक्षता गर्ने अध्यक्षको बरियता पहिलो हुने उल्लेख गरेको छ । सँगै, यही धाराले आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुने व्यवस्था समेत गरेको छ ।
नेकपा विभाजनपछि यो समूहले केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । पहिलो बैठकको अध्यक्षता नेपालले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय