Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

पौष २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सक्रिय सदस्यता बन्ने अभियानको सुरुवात गरेका छन् । हेटौंडा १८ हर्नामाडीमा आज आयोजित कार्यक्रममा सक्रिय सदस्य बन्न जिल्ला अध्यक्ष रामहरि न्यौपानेलाई फाराम बुझाएर थापाले अभियान सुरु गरे ।
राप्रपाको आगामी महाधिवेशन सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि हुने नीतिअनुरुप पार्टीले सघन रुपमा देशव्यापी सक्रिय सदस्यता वितरण अभियान सञ्‍चालन गरेको छ । महाधिवेशनमा महिला, मधेसी, सीमान्तकृत, दलित, पिछडिएका सबैको सहभागिता सुनिश्चित गरेको त्यसअवसरमा जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे । यस्तै राप्रपा नेता मधु अधिकारीले मकवानपुरको विकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्त्वपूर्ण भूमिका रहेको बताए । देशभर तीन लाख सक्रिय सदस्य बनाउने लक्ष्यसाथ अभियान सुरु गरिएको नेता राजाराम बर्तौलाले जनाए । राप्रपाको महाधिवेशन आगामी वैशाखमा तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय