Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२३ पुस, । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए ।
प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।
क्यापिटोल हिल अमेरिकी संसद मा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यू घोषणा गरिएको छ । वासिङटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ ।
वासिङटन डीसीका मेयर म्युरियल बाउसरले धेरै मानिसहरु हतियारसहित हिंसामा उत्रिएको र उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेको बताएका छन् । हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।
आपतकाल जनवरी २१ अर्थात राष्ट्रपति जो बाइडनको शपथग्रहणको भोलिपल्टसम्म जारी रहनेछ ।
क्यापिटोल बिल्डिङको चारैतर्फका सडकमा सुरक्षाव्यवस्था कडा पारिएको छ । वासिङटन प्रहरी प्रमुखले दिएको जानकारीअनुसार बुधबार राति साढे नौ बजेसम्म ५२ जनालाई गिरफ्तार गरिएको छ, जसमध्ये ४७ जनालाई कफ्र्यू उल्लंघन तथा गैरकानुनीरुपमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय