
पौष २३ । बिग बास लिग बीबीए टी–ट्वान्टी क्रिकेटमा अहिले होबार्ट हरिकेन्स र सिड्नी थन्डरबीच प्रतिस्पर्धा हुँदै छ । होबार्टले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सिड्नीविरुद्ध प्लेइङ–११ मा परेका छन् । सन्दीप लगातार तेस्रो खेलमा प्लेइङमा परेका हुन् । सन्दीपले अघिल्ला दुई खेलमा ३ विकेट लिएका छन् ।
लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आजको खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना रहेको छ ।