Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

पौष २३। मुलुकमा स्थानीय तह आएको तेस्रो वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । स्थानीय तह आइसकेपछि नागरिकले सहज सेवा पाउने तथा विकास निर्माणले तीव्रता पाउने अपेक्षा थियो ।
स्थानीय तह आइसकेपछि विकास निर्माणले पनि गति लिएको अवस्था छ । तर, नागरिकलाई सहज सेवा दिने स्थानीय तहका वडा कार्यालयहरु भाडाको घरमा बसेर सेवा दिन बाध्य छन् । दाङका १० ओटा स्थानीय तहका १०० ओटा वडा कार्यालयमध्ये ४० ओटा वडा कार्यालयले अझै पनि भाडाको भवनबाट सेवा दिँदै आएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका १९ वडामध्ये चारओटा वडा भाडाको भवनमा रहेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । १२ नम्बर वडा कार्यालकाका लागि निर्माण भएको भवनमा हाल मेट्रो कलेज सञ्चालनमा आएको छ । मेट्रो कलेजको भवन निर्माणाधीन अवस्थामा रहेकोले निर्माण कार्य पूरा भए आफ्नै भवनमा सर्ने उनको भनाइ छ । भाडामा रहेको भवनमध्य अरु दुईओटा वडाको भवन यही आर्थिक वर्षमा सम्पन्न हुनेगरी काम भइरहेको छ भने १९ नम्बर वडा कार्यालयको भवन अर्को आर्थिक वर्षमा सम्पन्न हुने प्रमुख पाण्डेले जानकारी दिए ।
घोराही उपमहानगरपालिकामा तीनओटा वडा कार्यालय भाडामा छन् । सार्वजनिक जग्गा खोजेर भवन निर्माण गर्ने भएकाले समयमा नै वडाको आफ्नै भवन बन्न नसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । भवन बन्न बाँकी वडा नम्बर–३, ११ र १३ को भवन निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको चौधरीको भनाइ छ ।
गढवा गाउँपालिकाका छओटा वडा कार्यालयले भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएका छन् । भाडामा भएका वडा कार्यालयको भवन निर्माण भइरहेको र यही आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सहजराम अहिरले जानकारी दिए ।
राजपुर गाउँपालिकाका पाँचओटा वडा कार्यालय भाडाको भवनमा सञ्चालन भएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिए ।
लमही नगरपालिकाका नौओटा वडामध्ये तीनओटाले आफ्नै भवनबाट सेवा दिएका छन् । भाडामा भएका वडाहरुमध्ये तीनओटा वडाको भवन आउँदो आर्थिक वर्षमा बनाउने तयारी रहेको प्रमुख कुलप्रसाद केसीले जानकारी दिए ।
त्यसैगरी, राप्ती गाउँपालिकाका नौओटा वडा कार्यालयमध्ये दुईओटा वडा कार्यालय आफ्नै भवनमा छन् भने सातओटा वडा कार्यालय भाडामा रहेका छन् । भाडामा रहेकामध्ये वडा नम्बर–४ र ९ वडा कार्यालय निर्माणको काम अन्तिम चरणमा रहेको प्रमुख नुमानन्द सुवेदीले जानकारी दिए ।
त्यस्तै, बंगलाचुली गाउँपालिकाका आठओटा वडा कार्यालयमध्ये सातओटा आफ्नै भवनमा छन् भने एकओटा भाडामा रहेको छ । एउटा वडा कार्यालय भौगोलिक समस्याका कारण बन्न नसकेको गाउँपालिका प्रमुख भक्तबहादुर वलीले बताए ।
दंगीशरण गाउँपालिकाको वडा नम्बर–६ को वडा कार्यालय मात्रै आफ्नै भवनमा छ भने बाँकी वडा कार्यालयहरु भाडामा रहेको गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । अहिले भाडामा भएका वडा कार्यालयको टेन्डर प्रक्रिया भइसकेकाले यही आर्थिक वर्षमा काम सम्पन्न हुने चौधरीले बताए ।
शान्तिनगर गाउँपालिकाका सातओटा वडा कार्यालयमध्ये छओटा आफ्नै भवनमा छन् भने वडा नम्बर– ३ को वडा कार्यालय गाउँपालिकाको भवनमा रहेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।
बबई गाउँपालिकाका सातओटा वडा कार्यालयमध्ये पाँचओटा वडा कार्यालय आफ्नै भवनमा छन् भने वडा नम्बर–१, ३ को वडा कार्यालय भवन निर्माणको काम सम्पन्न भइसकेको र यही महिनामा वडा कार्यालय सर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय