Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बेलायतमा कोरोनाका कारण एकैदिन हजारभन्दा बढीको मृत्यु
Nepali Unicode | Preeti to Unicode

पौष २३ । बेलायतमा एकैदिन एक हजार ४१ जना कोरोनाका बिरामीको मृत्यु भएको छ । जुन अप्रिलपछिको सबैभन्दा ठूलो दैनिक मृत्यु रेकर्ड रहेको बताइएको छ । ठूलो स्तरमा कोरोना परीक्षण सञ्चालन गरिएदेखि एकदिनमै ६२ हजार बढी नयाँ संक्रमण फेला परेको पनि यो पहिलोपटक भएको बताइएको छ ।
यसबारेमा स्वास्थ्यसचिव म्याट हेनककले बढ्दो नयाँ संक्रमण दरका कारण डाक्टरहरु उपचार विधिमा सम्झौता गर्न बाध्य हुनुपर्ने अवस्था आएको बताएका छन् । यसमा विशेषगरी अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या गत अप्रिलमा कोरोना उच्च विन्दुमा हुँदाको तुलनामा अहिले ३९ प्रतिशतले वृद्धि भएको पनि उनले बताए ।
त्यसैगरी, कोरोना पोजेटिभ भएको २८ दिनभित्रमा मृत्यु हुने बिरामीको सङ्ख्या पनि पहिलेभन्दा बढी रहेको बताइएको छ । यसमा विज्ञहरुले अहिलेको बढ्दो दैनिक मृत्युदर र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या चिन्ताजनक भएको बताइरहेका छन् ।
प्रोफेसर हेवार्डका अनुसार सरकारले लकडाउनका नियमहरु अपनाएसँगै मृत्युको सङ्ख्या विस्तारै कम हुँदै जानसक्छ । तर, पूर्ण नियन्त्रणमा ल्याउन अझै केही समय लाग्नेछ । उनले यसमा सरकारले उपयुक्त कदम उठाउनमा ढिलाइ गरे, परिणामस्वरुप डाक्टरहरु, ‘कसको उपचार गर्ने अनि कसलाई छाड्ने’ भन्ने छनोट गर्न बाध्य हुने अवस्थामा पुग्नेछन् । वेस्ट मिडल्यान्ड्स एम्बुलेन्स सर्भिसका अनुसार सोमबार कम्पनीको इतिहासकै सबैभन्दा व्यस्त दिन थियो । जसमा उनीहरुले पाँच हजार बढी ‘इमरजेन्सी कल’ प्राप्त गरेका हुन् ।
यति बेला बेलायतभर भाइरससम्बन्धी अत्यन्तै कडा नियम लागु गरिएको छ । जसमा वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डका समेत अधिकांश भूभागमा लकडाउन जारी छ । उता, खोपसम्बन्धी काम गरिरहेका मन्त्री नादिम जहवीले सरकारको लक्ष्य पूरा गर्न सकिनेमा विश्वास जनाएका हुन् र खोप कार्यक्रममा सामुदायिक फार्मेसीलाई पनि सहभागी गराइएको हुँदा धेरै मद्दत मिल्ने बताएका छन् ।
सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएअनुसार बेलायतभर १३ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय