Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
ड्रागन फ्रुटका १० बोटबाट वार्षिक ५० हजार आम्दानी
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

पौष २२ । बाँकेको खजुरा गाउँपालिका–४ का तिलक सिरिसमगरले ड्रागन फ्रुटका १० ओटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
छ वर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्किएका मगरले मलेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारीमा यसको खेती गरेका हुन् ।
मगर छ वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसिया बसे । त्यहाँ ड्रागन फ्रुटको फार्ममा काम गरे । अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेतीमा लागेका छन् ।
एउटा बोटबाट खेती सुरु गरेका मगरको बारीमा अहिले ११० ओटा पिलरमा ४४० ओटा बिरुवा रहेका छन् । १० ओटा बोटले आम्दानी दिन थालिसकेको छ ।
गत वर्ष १० ओटा बोटबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको बिक्री भइसकेको उनले बताए ।
ड्रागन खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छन् । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताइन् । अहिलेसम्म घरबाटै प्रतिकेजी ६०० रुपैयाँको दरले बिक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागनका बिरुवा लगाएको पनि थापाले बताइन् ।
स्वास्थ्यको लागि लाभदायक भएकोले गाउँपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिकरुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए ।
पालिकालाई नामुना गाउँपालिका बनाउने योजना भएकाले पनि कृषितर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय