Nepali Unicode | Preeti to Unicode

२२ पुस । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् ।
‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।
जुलुसमा सहभागी भए पनि पूर्वमन्त्री भट्टराईले भने कोणसभालाई सम्बोधन गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय