Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

पौष २२ । आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ ।
नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी–साधनसहित मानिसको आवतजावत बन्द भएको छ ।
आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा ९बीओपी०का इन्चार्ज सुरज केसीले जानकारी दिए ।
शनिबारसम्म छ हजार ६०० मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको सीमा सुरक्षा चौकी बीओपी का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए । मानिस पैदल हिँड्न पनि सक्ने अवस्था छैन ।
हिल्सामा बीओपीमा २० सशस्त्र प्रहरी र अन्य होटल कुरुवा बस्दै आएका छन् । हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको उनले बताए ।
हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको छ । सबैजना घरभित्र आगो तापेर बसिरहेको केसीले बताए । हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले जानकारी दिए । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय