पौष २१। लक्ष्मी बैंक र सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
उद्यमशीलता र स्वरोजगारका लागि व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच वैदेशिक रोजगारीबाट फर्किएको युवालाई विदेशमा सिकेकको सीप स्वदेशमै सदुपयोग गर्ने उद्देश्यले बैंकसँग उक्त सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनान्सियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधनअनुसार थुलुङ दूधकोसी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजीकरण कार्यक्रम सञ्चालनको सम्झौता गरिएको बैंकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs