
पौष २० । जिल्ला प्रहरी कार्यालय कालिकोटले विस्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरी सार्वजानिक गरेको छ
पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९, लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट, भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् ।
प्रहरीले उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो ।
अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विस्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए ।
अभियुक्तलाई विस्फोटक पदार्थ ऐन्सम्बन्धी कारबाही हुने जनाइएको छ । रासस