पौष २०। नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । पुस १९ गते आइबार बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७६र७७ को को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २१ प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs