Nepali Unicode | Preeti to Unicode

पौष १९ । ग्लोबल आईएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । बैंक पुँजी, व्यवसाय, शाखारसन्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ ।
बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ ९प्रस्तावित १४ प्रतिशत बोनसपश्‍चात करिब २१ अर्बभन्दा बढी० र सञ्‍चित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ ।
७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, १ सीडीएस क्लियरिङ काउन्टरसहित २३ राजस्व कलेक्सन काउन्टर, तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको बताए । मर्जर तथा प्राप्तिमा ग्लोबल आईएमई बैंकसँग लामो अनुभव भएको भन्दै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिका आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
“कोभिड(१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिनेछन् । यसले बैंक व्यवसाय मात्र नभई आपत्‌(विपत्‌को साथी र संकटको सारथि पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुत र प्रस्ट पार्दै जानेछौं ।”
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज वज्राचार्यले विभिन्‍न मर्जर तथा एक्‍विजिसनपछि अहिले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुत बैंक बनेको बताए । “मर्जरपछि धेरैजसो सूचकमा ग्लोबल आईएमई देशकै ठूलो र एउटा उत्कृष्ट बैंकका रुपमा छ । यसलाई थप उचाइमा पुर्‍याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय