Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

पौष १७ । नेवा हाइकु ख्यःको आयोजनामा भएको कार्यक्रममा ‘नेवा हाइकु मुना’ हाइकुसंग्रह सार्वजनिक गरिएको छ । नलि पत्रिकाका सम्पादक नरेशवीर शाक्यले ‘नेवा हाइकु मुना’को विमोचन गरे ।
कार्यक्रममा शाक्यले साहित्यका विविध विधाका लागि गरिने यसप्रकारको प्रकाशनले विशेष महत्त्व राख्‍ने बताए । कार्यक्रममा सार्वजनिक हाइकु संग्रहमाथि लेखक ध्रुव मधिकर्मीले समीक्षात्मक टिप्पणी गरे ।
हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको कार्यक्रममा हाइकु लेखकहरू तुयु पुं, ऋषिप्रसाद श्रेष्ठ, दया खड्गी, कलाकार साजन नकमीलगायतले बोले ।
कार्यक्रममा पूर्णिमा शाक्य, मंगलनारायण जोशी, बद्री वेदना, मिलन शाक्यले हाइकु वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय