
पौष १७ । नेवा हाइकु ख्यःको आयोजनामा भएको कार्यक्रममा ‘नेवा हाइकु मुना’ हाइकुसंग्रह सार्वजनिक गरिएको छ । नलि पत्रिकाका सम्पादक नरेशवीर शाक्यले ‘नेवा हाइकु मुना’को विमोचन गरे ।
कार्यक्रममा शाक्यले साहित्यका विविध विधाका लागि गरिने यसप्रकारको प्रकाशनले विशेष महत्त्व राख्ने बताए । कार्यक्रममा सार्वजनिक हाइकु संग्रहमाथि लेखक ध्रुव मधिकर्मीले समीक्षात्मक टिप्पणी गरे ।
हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको कार्यक्रममा हाइकु लेखकहरू तुयु पुं, ऋषिप्रसाद श्रेष्ठ, दया खड्गी, कलाकार साजन नकमीलगायतले बोले ।
कार्यक्रममा पूर्णिमा शाक्य, मंगलनारायण जोशी, बद्री वेदना, मिलन शाक्यले हाइकु वाचन गरेका थिए ।