Nepali Unicode | Preeti to Unicode

पौष १७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
मोटरसाइकल हराएको उजुरीका आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।
महाशाखाका अनुसार पुस महिनामा मात्रै मोटरसाइकल चोरीमा संलग्न नौजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारी–साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गर्दा सचेतता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय