Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १७ । वामग्ती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्‌वानको सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो ३ बजेका लागि प्रदेशको सातौं अधिवेशन आह्‌वानको सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।
“छैटौं अधिवेशन गत असोज ८ गते मध्यरातमा अन्त्य भएको थियो,” उनले भने, “आजको मन्त्रिपरिषद्ले माघ ७ गते बैठक बोलाउन सिफारिस गरेको छ ।”
वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड(नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेललाई दलको नेताबाट पनि हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरिसकेको छ । गत पुस ९ गते नै हटाइएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिएका थिए ।
पुस १० गते मुख्यमन्त्रीविरूद्ध नेकपाका ४५ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्ताव सामना गर्ने बताइरहेका छन् । बहुमत सदस्यहरूले दलको नेताबाट हटाएपछि मुख्यमन्त्रीसामु कि विश्वासको मत लिने कि राजीनामा दिने विकल्प हुन्छ ।
पौडेलले संसद् ‘फेस’ गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय