Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
राष्ट्रियसभा अध्यक्षसहित सदस्यहरुको पीसीआर परीक्षण
Nepali Unicode | Preeti to Unicode

पौष १६ । राष्ट्रियसभाका सदस्यहरुको कोभिड(१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार भोलि बाट सुरु हुने भएपछि आज ९बिहीबार० पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद् सचिवालयले बताएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सबै सदस्यको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । पीसीआरको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागी हुन पाउनेछन् ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकाले यसपटकको हिउँदे अधिवेशनमा राष्ट्रियसभाको बैठक मात्रै सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय