Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

पौष १६ । पर्सामा तेल कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिदेव रिप्याकिङ फर्मका सञ्‍चालक वीरगन्ज महानगरपालिका ३, आदर्शनगर टोलका २४ वर्षीय रोशनकुमार वर्णवाल छन् ।
रोशनको आफ्नो दाजु राजन वर्णवालको नाममा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्रान्डको सोयाबिनको तेल ल्याई रिप्याकिङ गरी बोतलमा दीप शक्ति तिलको तेल, तिल उपकार पूजा तेल लेखिएको स्टिकरसमेत टाँसेर सर्वसाधारणलाई बिक्री गरी कालो बजार गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
त्रिदेव रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयबिन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाइन्ड सोयाबिन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३४८ लिटर तेल, १५० थान तिल उपकार पूजा आयल लेखेको स्टिकर, दीप शक्ति तिलको तेल लेखेको स्टिकर लेबल ४० वटा तथा धाराजस्तो समेत फिट भएको २ थान ड्रम र दीप ज्योति तिल उपकार लेखेको खाली बोतलको २ थान पोका र खाली बोतल २ थान प्रहरीले बरामद गरेको हो ।
रोशनविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय