Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सनराइज बैंकमा विवाद, हस्तक्षेप गर्ने राष्ट्र बैंकको चेतावनी
Nepali Unicode | Preeti to Unicode

पौष १६ । सनराइज बैंकमा सञ्चालकहरुको कलह उत्कर्षमा पुगेको छ । बैंक सञ्चालक समितिको नेतृत्वमा लगातार विवाद भइरहेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्ने चेतावनी दिएको छ । अध्यक्ष मोतीलाल दुगड र सञ्चालक मालचन्द्र दुगडबीचको विवाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्ने चेतावनी दिएको हो ।
उनीहरुबीच बैंकको भन्दा पनि दुगड समूहको नेतृत्व कसले लिने भन्ने विवाद देखिएका कारण बैंकमा समस्या देखिएको स्रोतको दाबी छ ।
बैंकमा अन्य समस्या भने नरहेको बताइएको छ ।
व्यवसायीक घराना दुगड समूहको विवाद बैंकका पनि देखा परेको हो । काका ९मोतिलाल० भतिज ९मालचन्द्र० बीचको पारिवारिक विवाद बैंक समस्याको भुमरीमा फस्दै गएको छ ।
उनीहरुबीच देखिएको विवादले बैंक व्यवस्थापन समूहले समेत राम्रो काम देखाउन नसकेको र विवाद तल्लो तहसम्म पुग्ने देखिएपछि राष्ट्र बैंकले पटक पटक यस्तो चेतावनी दिनुपरेको स्रोत बताउँछ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा अध्यक्ष मोतिलाल दुगडको बलमा निरज कुमार श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णयसँगै बैंकमा ‘काका–भतिज’ बीचको विवाद सतहमा आएको थियो ।
बैंकले श्रेष्ठलाई सीईओ नियुक्त गरेपछि उनले बैंकमा हाजिर नै नगरी बाहिरिनुपरेको थियो ।
त्यसपछि मोतिलाल दुगड पनि सकारात्मक भएपछि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गर्‍यो ।
बैंकमाा खुई खेमा भएर एक पक्षले अर्को पक्षलाई स्वीकार गर्ने अवस्था नरहेको बताइएको छ । बैंकमा सञ्चालक मालचन्द्र दुगड कुनै पनि हालतमा मोतिलाल दुगडलाई सञ्चालक समित अध्यक्षबाट हटाउने पक्षमा रहेका छन् । यता मोतिलाल भने कुनै पनि हालमा बैंकको नेतृत्व छोड्ने पक्षमा छैनन् । उनीहरुको मुख्य विवाद नै दुगड समूहको नेतृत्व कसले लिने भन्ने रहेको छ ।
पछिल्लोपटक साउन ११ गते पनि राष्ट्र बैंक सञ्चालक समितिले बोलाएर विवाद समाधान गर्न अन्यथा कारबाही गर्ने चेतावनी दिएको थियो । पुस १४ गते मंगलबार पनि राष्ट्र बैंकले बैंक सञ्चालक समितिलाई बोलाएर छलफल गरेको छ ।
“हामीले सञ्चालक समितिलाई बोलाएर छलफल गरेका हौं, समस्या के हो भनेर सोध्दा दुवै पक्षबाट ठोस कुरा आउँदैन तर समस्या छ भन्ने मात्रै कुरा आउँछ,” राष्ट्र बैंक स्रोतले भन्यो, “हामीले तपाईंहरुको लागि अन्तिम अवसर हो मिल्नुस् भनेर पठाएका छौँ, अब पनि विवाद आयो भने राष्ट्र बैंकले नेतृत्व लिएर अन्य संस्थासँग मर्जर गराउनेसम्मको कुरा भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय