Nepali Unicode | Preeti to Unicode

१५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नौमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ ।
संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको सहभागिता थियो ।
संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्ने घोषणा गरेको बृहत नागरिक आन्दोलनले शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ ।
नागरिक आन्दोलनले १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय