Nepali Unicode | Preeti to Unicode

पौष १४। ताप्लेजुङको मैवाखोला वन क्षेत्रमा ५ दिनदेखि लागेको आगलागी सोमबारदेखि नियन्त्रणमा आएको छ । पाथिभरा मन्दिर पछाडीको भेगमा लागेको आगलागी सिम्रिक एयरको हेलिकप्टर र स्थानीय निकायहरुको प्रयासमा केही नियन्त्रणमा आएको हो । यद्यपि पूर्ण नियन्त्रणमा आउन भने समय लाग्ने र सिम्रिक एयरको हेलिकाप्टर तयारी अवस्थामा रखिएको ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका संयोजक चित्रगुप्ता साँवाले जानकारी दिए ।
आगो नियन्त्रणमा आएपछि पाथिभरा मन्दिर परिसर भने जोगिएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको भएपनि सैयौँ हेक्टर वन विनाश भएको साँवाको भनाइ छ ।
मैवाखोला समुदायिक वन क्षेत्र दूर्लभ रेडपाण्डा र हिमाली जडिबुटीको हबका रुपमा समेत रहेको थियो । आगलागी भएको स्थान वरपर मानव वस्ती नभए पनि आगो पूर्वी क्षेत्रतिर फैलिएमा मयाम, फुरुम्बुलगायत क्षेत्रको बस्तीमा क्षति पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय