
पौष १३ । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ । नयाँ वानेश्वरस्थित होटल एभरेष्टमा अहिले नेपालसँग छलफल भइरहेको उनको सचिवालयले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेत्तृत्वको प्रतिनिधिमण्डल यसअघि आज विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका थियो।
आइतबार उक्त प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो ।
नेकपा विभाजन भएका बेला चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको हो । प्रतिनिधिमण्डलमा उपमन्त्री गुओ येचौलेसँगै अन्तर्राष्ट्रिय विभागका चारजना सदस्यहरू छन् । उनीहरुले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएको बताइएको छ।