१२ पुस। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका(४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका(२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि ट्याक्टर अनियन्त्रित हुँदा चालक रामेछाप मन्थल(७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएका छन् । उनको पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै शनिबार राति धोबी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs