Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसको कार्यक्रममा राष्ट्रिय झन्डा पनि चार तारे झन्डा जत्तिकै बोकेर हिँड्नुपर्ने तर्क अघि सारेका छन्। शनिवार धनकुटामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन्। 

‘अहिले हुँदा हुँदा पुरानो सुतिसकेको मान्छे आएर राष्ट्रिय झन्डा बोकेर आएको छ,’ गगनले भने,‘मैले त भन्दिया छु, पार्टीको कार्यक्रममा जति कांग्रेसको झन्डा छ त्यति नै राष्ट्रिय झन्डा बोकेर हिँड्नुपर्छ अब।’ राष्ट्रिय झन्डा पनि कांग्रेसकै कारण जीवित रहेको गगनले दाबी गरे । ‘झन्डा हाम्रो हो त्यो। अहिले आएर राष्ट्रवादी भन्या छ, मण्डले आएर हाम्रो हो भनेर बोकेर हिँड्या छ। हामीले बनाएको हो नि। कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो,’ गगनले भने। 

पञ्चायतविरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले चलाएको सशस्त्र क्रान्ति जित्ने अवस्था रहेका बेला भारत–चीन युद्ध सुरु भएपछि देशको खतरालाई हेरेर कांग्रेस ब्याक भएको पनि गगनले सम्झिए। 

‘त्यति बेला बिपी कोइरालाले आफू जेल परेर भए पनि दूरदर्शिता नदेखाएको भए देश नरहन पनि सक्थ्यो,’ गगनले भने। 

अहिले कांग्रेसविरुद्ध पनि ठुलो आक्रमण भइरहेको गगनले टिप्पणी गरे । उनले भने, ‘बाहिर बसेको मान्छेहरू आएका छन्, हामीलाई हिजोको मण्डलेलाई गरेकोजस्तो व्यवहार गरेका छन्। एउटा आएको छ ठोक्दिएको छ। यसमा सबैले ध्यान दिनुपर्छ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय