Nepali Unicode | Preeti to Unicode

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।

‘हाम्रो जोड दसैंअघि नै परीक्षा लिने भन्ने छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सेतोपाटीसँग भने, ‘परिस्थिति सहज भए पूरानै तरिकाबाट परीक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परीक्षा लिने भन्ने विभिन्न विकल्पको खोजि भइरहेको छ।’ यसपाली दसैं कात्तिकमा छ।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर