Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

ताप्लेजुङ, मंसिर १८। ताप्लेजुङस्थित कञ्चनजङ्घा आधार शिविर क्षेत्रका होटल पर्यटक नआएपछि सुनसान बनेका छन् । पर्यटनलाई नै आधार बनाएर खुलेका होटल यस वर्ष कोरोना भाइरस कोभिड–१९ का कारण पर्यटकको आवागमन नहुँदा सुनसान बनेका हुन् ।

कञ्चनजङ्घा आधार शिविर क्षेत्रअन्तर्गत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको सेकाथुम, जापानटार, थाङ्ग्याम, अम्जिलेसा, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकजस्ता ठाउँमा खुलेका होटल सुनसान बनेका छन् ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित यहाँको पर्यटकीय स्थलको भ्रमण जाने पर्यटकलाई लक्षित गरी यस क्षेत्रमा मोटो रकम लगानी गरेर होटल सञ्चालनमा ल्याइएका छन् ।

विगतका वर्षमा बाह्य तथा आन्तरिक पर्यटकले खचाखच हुने यस क्षेत्रका होटल यो वर्ष सुनसान बनेका घुन्साका स्थानीय मिङ्माडन्डु शेर्पाले बताए । कोरोना महामारीपछिको बन्दाबन्दीले पर्यटक आवागमन ठप्प हुँदा करोडौँ लगानी गरेर सञ्चालनमा ल्याइएका होटल व्यवसायी नराम्री मारमा परेका शेर्पाले बताए ।

आधार शिविर क्षेत्र अर्थात् अम्जिलेसा, ग्याब्ला, फले, घुन्सालगायत ठाउँका बासिन्दाको मुख्य पेसा नै होटल व्यवसाय भएकाले व्यवसाय ठप्प हुँदा यस क्षेत्रका बासिन्दा तथा व्यवसायीलाई निकै समस्या परेको उनको भनाइ छ ।

घुन्साका स्थानीय होटल व्यवसायी पेमा शेर्पाले यस वर्ष पर्यटकको उपस्थिति नहुँदा आपूmहरूलाई निकै समस्या भएको बताए। आम्दानीको स्रोत नै होटल व्यवसाय भएको र यो वर्ष व्यवसाय ठप्प भई आम्दानी गुम्नाले घरव्यवहार साथै दैनिकी चलाउनलाई नै धौधौ परिरहेको शेर्पाको भनाई छ ।

होटलको लगानी साथै होटल ठप्प हुँदा खरिद र ढुवानीसमेत महँगो रकम खर्चिएर पु¥याइएका उपभोग्य वस्तु बिक्री गर्न नपाउँदा यसपालि ठूलै घाटा बेहोर्नुपर्ने अवस्था आएको शेर्पाले बताएको आजके गोरखापत्र दैनिकमा खवर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय