Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

स्याङ्जा, मङसिर १३ गते । वालिङ नगरपालिका ९ का दलित महिलाहरुले बामलेटारमा सामूहिक आलुखेती गरेका छन् ।
महिलाले वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलुखेती गरेका हुन् ।
४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर आलुखेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताउनुभयो ।
नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको बताउदै अध्यक्ष विश्वकर्माले समूह मार्फत श्रममात्रै गरेको बताउनभुयो ।
महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत ब्यवसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
कोभिड १९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताउनुभयो ।
उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार ब्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताउनुभयो । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तीकरणका लागि प्रयोग गर्ने बिकले बताउनुभयो ।
दलित महिला समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्विन्टल बीउ लगाएको हो ।
नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिंदै उत्पादकत्व वृद्धिमा जोड दिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय