Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
कोरोनाले डब्लुएचओ संकटमा
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

स्पेन्सर बोकाट लिन्डेल/न्युयोर्क टाइम्स
अमेरिकाले विश्व स्वास्थ संगठनलाई दिँदै आएको सहयोग औपचारिक रुपमा रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रक्रिया अघि बढाएका छन्। संगठनले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा चीनलाई जिम्मेवार नठानेकोमा उनी रुष्ट भएका हुन्।

अमेरिकी सहयोग आगामी जुलाई महिनापछि बन्द हुनेछ तर सबैभन्दा ठूलो दाताले हात झिक्दा संगठनलाई ठूलै धक्का लाग्नेछ। विश्वका ३९ देशका दुई सय ३९ वैज्ञानिकले हावामार्फत कोरोना संक्रमण नहुने संगठनको धारणा पुरानो र अवैज्ञानिक रहेको भन्दै चिठी लेखेको अर्काे दिन गत मंगलबार अमेरिकाले संगठनलाई दिँदै आएको सहयोग बन्द गर्न औपचारिक प्रक्रिया अघि बढाएको हो। संगठनले बिहीबार मात्र कोरोना भाइरस संक्रमण हावामार्फत पनि सर्न सक्ने भनेर स्विकारेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पको संगठनप्रतिको आलोचना पाखन्डीपन हुन सक्छ तर कतिपय जनस्वास्थ्यविद् तथा पत्रकारले उनको आरोपमा केही तुक रहेको स्विकार्छन्। त्यसो हो भने कोरोना महामारीले संगठनका कस्ता कमजोरी उजागर ग¥यो र तिनको समाधान कसरी गर्न सकिएला ?

विश्व स्वास्थ संगठन के हो ?
दोस्रो विश्व युद्धपछि संयुक्त राष्ट्रसंघको एक अभिन्न अंगको रुपमा यो संगठनको स्थापना भएको हो। संगठनले ‘मानिसको स्वास्थको उच्चतम स्तर कायम गर्ने’ भनेर आफ्नो उद्देश्य परिभाषित गरेको छ। यो बृहत् उद्देश्य प्राप्ति गर्ने दिशामा संगठनले सम्भावित जनस्वास्थ्य चुनौतीका विषयमा विश्व समुदायलाई सजग पार्ने, रोगको फैलावट रोक्ने तथा विश्वव्यापी स्वास्थ सेवा नीतिको पैरवी गर्दै आएको छ।

कोरोना महामारी फैलिएका बेला समन्वयकारी संस्थाको हिसाबमा संगठनले आफ्ना ७ हजार कर्मचारी र १ सय ५० कार्यालयमार्फत अन्तर्राष्ट्रिय प्रतिकार्य, रोकथाम गर्न आवश्यक निर्देशन, आपत्काल घोषणा तथा सदस्य राष्ट्रलाई आपसी सहयोगमा जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कोरोनाविरुद्ध भ्याक्सिन बनिहाल्यो भने पनि त्यसको विश्वव्यापी वितरण र मूल्य निर्धारणमा समेत संगठनको महत्वपूर्ण भूमिका रहनेछ।

तर सदस्य राष्ट्रलाई प्रत्यक्ष निगरानी गर्ने अधिकार संगठनलाई छैन। यो उसको क्षमताभन्दा बाहिर पनि छ। अन्य अन्तर्राष्ट्रिय संस्थाजस्तै यो संगठन अमेरिका र चीनजस्ता शक्तिशाली सदस्य राष्ट्र तथा बिल गेट्स फाउन्डेसनजस्ता निजी लगानीकर्ताको आर्थिक तथा राजनीतिक दबाबबाट प्रभावित हुँदै आएको छ। आपत्काल सम्बोधन गर्नमा संगठनको ट्र्याक रेकर्ड समान छैन। न्युयोर्क टाइम्सको हालैको सम्पादकीयमा लेखिएको छ, ‘एकातिर यसले महत्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ तर अर्काेतिर आफ्नै संस्थागत कठिनाइबाट यो प्रभावित छ। बिफर  तथा पोलियो नियन्त्रण,  इबोला भाइरसविरुद्धको भ्याक्सिन विकास तथा निम्न आम्दानी भएका राष्ट्र«मा आधारभूत स्वास्थसेवा निर्माणमा यो  संगठनको योगदान महŒवपूर्ण छ। तर इबोला नियन्त्रणका लागि बेलैमा काम गर्न नसकेको र त्यसले ठूलो मानवीय क्षति भएकोमा संगठनलाई जिम्मेवार मानिन्छ। सन् २०१४ मा फैलिएको इबोलाका कारण २ वर्षमा ११ हजार मानिसले ज्यान गुमाएका थिए। सोधमूलक पत्रकारिता गर्ने प्रो–पब्लिका नामक संस्थाका अनुसार संगठनको यो कमजोर प्रतिकार्यलाई लिएर अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामा प्रशासन अप्रशन्न थियो। ओबामा प्रशासनले संगठनलाई बेवास्ता गरी अन्य राष्ट्रसँग मिलेर इबोला नियन्त्रणमा सहयोग गरेको थियो।

के संगठनले राम्रा काम गरेको छ ?
कोरोना भाइरसको विकासक्रम  र विज्ञानका विषयमा संगठनको धारणाबारे यसरी समीक्षा गर्न सकिन्छ। पहिलो, सुरुदेखि नै रोगको लक्षण नदेखिएकाबाट यो भाइरस सर्छ भन्ने कुरा संगठनले स्वीकार गरेन। दोस्रो, प्रमाणहरुले भाइरस नियन्त्रणका लागि मास्क आवश्यक रहेको देखाउँदा पनि आममानिसले मास्क लगाउनुपर्ने विषयमा संगठन मौन रह्यो। जुनमा मात्र संगठनले यो कुरा स्वीकार ग¥यो जबकी त्यतिबेलासम्म विश्वका कयौं राष्ट्र तथा धेरैजसो वैज्ञानिकले मास्क लगाउन सिफारिस गरिसकेका थिए। तेस्रो, चिनियाँ चिकित्सकले मानिसबाट मानिसमा भाइरस सर्न सक्ने भनेर डिसेम्बरको अन्तिममै भनेका थिए तर संगठनले यो कुरालाई जनववरीको मध्यमा आएर मात्र स्वीकार ग¥यो। चौथो, संगठनले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने तथ्यलाई स्वीकार गर्दा यो चीनका धेरै सहरमा विस्तार भई अमेरिकाको वासिङ्टनसम्म  पुगिसकेको थियो। यो तथ्य स्वीकार गरेको १० दिनसम्म संगठनले विश्वव्यापी स्वास्थ आपतकाल घोषणा गरेन। यो अवधिमा भाइरस अमेरिकाका धेरै सहरमा फैलिसकेको थियो। पाँचौ, ताइवानका स्वास्थ अधिकारीले डिसेम्बरमै चीनको बुहानमा निमोनियासँग मिल्ने अनौठो रोग देखिएको भनेर बेइजिङ र संगठनलाई जानकारी गराएका थिए। संगठनले त्यसतर्फ खासै ध्यान दिएन। समयमै भाइरस पहिचान गरेकाले ताइवानमा यसले खास ठूलो मानवीय क्षति गर्न सकेन। ताइवानमा मात्र ५ सयको मृत्यु भएको थियो।

यसरी कोरोनाको विश्वव्यापी फैलावटको तीव्र गति र संगठनको प्रतिकार्यको समयसारिणीबीच एकआपसमा बेमेल देखिन्छ। एक अथवा दुई साता अघिमात्र आवश्यक रोकथामको उपाय अवलम्बन गरिएको भए न्युयोर्क सहरमा भएको मृत्युलाई आधा घटाउन सकिने अनुसन्धानकर्ताको दाबी छ। वालस्ट्रिट जर्नलले सम्पादकीयमा लेखेको छ, ‘यस प्रकारको महामारी पुनः दोहोरिन नदिन र चीनको बढ्दो हस्तक्षेप रोक्न विश्व स्वास्थ्य संगठनमा आमूल सुधार गर्नुपर्छ।  त्यसो नभए सहयोग बन्द गर्नुपर्छ।’

संगठन सबैको आशाको केन्द्र
जे–जस्ता कमी–कमजोरी भए पनि स्थापनाको ७२ वर्षसम्म विश्व स्वास्थ्य संगठन आफूलाई  राम्रो काम गर्ने शक्तिका रुपमा उभ्याउन सफल भएको  दाबी न्युयोर्क टाइम्सको सम्पादकीमा गरिएको छ। तर ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको वार्षिक बजेट कटौती भए संगठनले उद्देश्य पूरा गर्न सक्दैन।

‘यो कर्मचारीतन्त्रको मात्र असफलता होइन’, अमेरिकाको रोकथाम नियन्त्रण तथा रोकथाम केन्द्र अर्थात् सिडिसीको पूर्वनिर्देशक विलियम फोइगे प्रोपब्लिकासँग भन्छन्, ‘संगठनले वार्षिक रुपमा विश्वभर खर्च गर्ने बजेट अमेरिकाका कतिपय मेडिकल सेन्टरले गर्ने खर्चभन्दा कम छ।’

न्युयोर्क टाइम्सको सम्पादकीय बोर्ड भन्छ, ‘यो समस्या समाधन गर्न संगठनलाई अझ बढी शक्तिशाली र वित्तीय हिसाबले पनि सशक्त पार्नुबाहेक विकल्प छैनन्।’

संगठनलाई आवश्यक आर्थिक सहयोग गरिएमा उसको चीनसँगको निर्भरता घटनेछ। तर संगठनमा बेइजिङको प्रभाव आर्थिक रुपमा मात्र सीमित छैन, उसले संगठनभित्र बुद्धिमत्तापूर्वक आफ्नो पकड पनि बढाउँदै गएको छ।

केही विज्ञका अनुसार महामारीका बेला संगठनले केही कमजोरी गरे पनि आफ्नो संस्थागत क्षमताभन्दा बढी नै काम गरेको छ। हार्भड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा. आशिस झा भन्छन्, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्दा त्यसले विश्वव्यापी जनस्वास्थ्य र अमेरिकीको स्वास्थलाई समेत नराम्ररी प्रभाव पार्नेछ।’ विज्ञहरूका अनुसार संगठनको संरचना र कार्यशैलीमा समयअनुसार सुधार भने आवश्यक छ।
(न्युयोर्क टाइम्सको शनिबारको प्रिन्ट संस्करणको भावानुवाद)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय