
कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले खेतमा मेड हालिरहेका श्रेष्ठलाई चट्याङ हान्दा घटनास्थलमै मृत्यु भएको बताए ।
श्रेष्ठको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पु¥याउने तयारी छ ।
त्यसैगरी पुनर्वास–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरी निरीक्षक मल्लले उनी पनि खेतमा रहेका बेला चट्याङ लागेको बताए । धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर उनके मृत्यु भयो भने उनीसँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएका छन् ।
‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ’ उनले भने, ‘घटनाबारे विस्तृतमा केहीबेरमा आउँछ ।’