Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

कतारले श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियाल तोकेको छ। यसले नेपाली श्रमिकहरुलाई फाइदा हुने छ। कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्।

 हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी बदल्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थासँगै कतारमा रहेका आप्रवासी कामदारले आफ्नो करार अवधि समाप्त हुनुअघि नै रोजगारी बदल्न सक्ने छन् । मन्त्रालयले थप रोजगारी सम्झौताहरु अध्यावधिक गर्ने जनाएको छ। कतारको राजपत्रमा प्रकाशित भएपछि सरकारले तोकेको भन्दा कम पारिश्रमिक पाउने कामदारले नयाँ व्यवस्था अनुसार भुक्तानी पाउने छन् ।

कतार सरकारको यो निर्णयको विभिन्न मानवअधिकारवादी संस्थाहरु स्वागत गरेका छन् ।

न्यूनतम पारिश्रमिकका साथै रोजगारदाताले आवास तथा खाध्यान्न र औषधि उपचारका लागि अतिरिक्त सुविधाहरु थप गरेको मन्त्रालयले दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय