Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एमपीपी)मा सहभागी नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

सांसद रावलले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भए पनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताउनुभयो । उहाँले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो ।

सांसद रावलले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरूले समेत एसपीपीमा नेपाल सहभागी नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गर्नुभयो ।

नेता रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरूसँगमात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो । विपरीत सिद्धान्त भएकाहरूबीचको गठबन्धन अनैतिक हुने उहाँको तर्क थियो ।

सांसद रावलले मिलेर पद बाँडफाँड गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय