Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

एजेन्सी । युक्रेन युद्धका कारण विभिन्न प्रतिबन्धका बाबजुद सहुलियतमा कच्चा तेल बेच्दा रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ ।

चीनमा रुसी तेलको आयात एक वर्ष अघिको तुलनामा मे महिनामा ५५ प्रतिशतले वृद्धि भएको छ । जसले साउदी अरबलाई चीनको सबैभन्दा ठूलो प्रदायकको रूपमा विस्थापित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोभिड महामारी र सुस्त अर्थतन्त्रले माग घटेको भए पनि चीनले रुसी तेलको खरिदलाई तीव्र पारेको छ । फेब्रुअरीमा चीन र रुसले आफ्नो मित्रताको कुनै सीमा नभएको घोषणा गरेका थिए ।

चीनको रिफाइनिङ कम्पनी सिनोपेक र राज्यद्वारा सञ्चालित जेनहुआ आयल लगायतका चिनियाँ कम्पनीहरूले हालैका महिनाहरूमा रुसी कच्चा तेलको खरिदमा वृद्धि गरेका छन् ।

युरोप र अमेरिकाका खरिदकर्ताहरूले युक्रेनमाथिको युद्धलाई लिएर प्रतिबन्ध लगाएपछि रुसी ऊर्जालाई ठूलै छुट दिएका छन् । पूर्वी साइबेरिया प्रशान्त महासागर पाइपलाइन र समुद्री मार्गबाट चीनमा आयात हुने गरेको कच्चा तेल गत महिना लगभग ८ दशमलव ४२ लाख टन पुगेको थियो ।

चिनियाँ भन्सारको सामान्य प्रशासनको तथ्याङ्कअनुसार साउदी अरेबिया यसअघि चीनको कच्चा तेलको सबैभन्दा ठूलो स्रोत थियो । युरोपियन युनियनले रूसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्ने दिशामा काम गरिरहेको छ ।

पश्चिमले युक्रेनको आक्रमणको लागि आर्थिक प्रतिक्रियालाई बढावा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले ‘रूसको अर्थतन्त्रको मुख्य धमनी’लाई लक्षित गरेको बताउनुभएको थियो ।

ऊर्जा निर्यात रूसको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो । तर, यो कदमले पश्चिमी उपभोक्तालाई पनि असर गर्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय