
नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा विधि र विधानविपरीत हिँडे सङ्घर्षमा उत्रिने गर्ने चेतावनी दिएका छन् ।
सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले सभापति देउवा विधि र विधानविपरीत अगाडि बढेमा सङ्घर्ष गर्नका लागि कार्यकर्तालाई तयारी रहन निर्देशनसमेत दिए ।
पार्टी सभापति शेरबहादुर देउवा विधि र विधानअनुसार अघि बढेमा सहकार्य हुनेछ, नत्र सङ्घर्ष हुनेछ,’ उनले भने । यस्तै, उनले १३औँ महाधिवेशनमा नेता देउवाले सभापति जितेर पार्टी चलाएजस्तो अब कुनै पनि हालतमा नहुने जिकिर गरे ।