Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

खाना खाने क्रममा भात सर्किएर बेहाेस भएकी उदयपुर चौदण्डीगण्ढी नगरपालिका–६ की ६५ वर्षीय डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना नगर्दा मृत्यु भएको हो ।

शनिबार साँझ खाना खानेक्रममा भात सर्किएपछि उनी बेहोस भएकी थिइन् । बेहोस भएपछि आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार पुर्‍याए । तर अवस्था गम्भीर भन्दै प्राथमिक स्वास्थ्य चौकीले विराटनगर रेफर गरेपछि सुरु भयो अस्पतालको चक्कर ।

९ बजे उदयपुरबाट हिँडेको एम्बुलेन्स ११ बजे विराटनगर आइपुग्यो । विराटनगरमा भर्ना पाउने आशमा राति ९ बजेदेखि आइतबार बिहान साढे २ बजेसम्म एम्बुलेन्समा घुमिरहे । मेडिकल हब मानिएको विराटनगरका सातवटा अस्पताल उनको उपचारका लागि तयार भएनन् ।

‘सुरुमा विराट नर्सिङहोम ल्याएको थिए । बिरामी हेरेपछि आइसियू छैन भन्दै फर्काइदिए,’ एम्बुलेन्स चालक दीपक खत्रीले भने, ‘विराटनगरका अस्पताल घुमिरह्यौं । धरानले पनि नल्याउनु भनेपछि बिहान घर फर्कायौं ।’

खत्रीले गम्भीर अवस्थाकी बस्नेतलाई बोकेर विराट नर्सिङहोम पछि गोल्डेन अस्पताल पुर्‍याएका थिए । तर गोल्डेनले पनि गेटबाटै फर्काइदियो । गोल्डेनले फर्काएपछि फेरि बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज लगे । मेडिकल कलेजले भर्ना नगरेपछि फेरि विराटनगर नै फर्काए ।

विराटपछि म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल हुँदै अन्तिममा ग्रिनक्रस अस्पतालसम्म पुर्‍याए । नोबेल मेडिकल कलेजले नल्याउनु भन्यो । कोशी अस्पतालमा भेण्टिलेटर नभएकाले आफन्तले पुर्‍याएनन् । ‘कोशीमा भेण्टिलेटर थिएन, नोबेलले पनि नल्याउन भन्यो,’ चालक खत्रीले भने, ‘धरानमा सम्पर्क गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि बेड छैन भनेपछि घर लग्यौं ।’

छिमेकी डिल्लीराम खतिवडाका अनुसार आइतबार बिहान घर पुगेको केही घण्टापछि महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय